free website hit counter

नेपालको राजनीति दुई कित्तामा

beemaadmin
२०७८ माघ २२, शनिबार

हुन त राजनीति थेग्रिदै जादा बन्ने दुई वटै धार हो र जुन स्वभाविक पनि हो। किनभने संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका लगायत देशमा दुईवटा राजनीतिक दल मात्र कृयाशील भएको पाईन्छ। नेपालमा दलीय राजनीतिको शुरूवात २०१५ सालको आम निर्वाचनबाट भएको हो। यस पटक भएको निर्वाचनमा नेपाली कांग्रेस, नेपाल राष्ट्रवादी गोरखा परिषद, संयुक्त प्रजातन्त्र पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी र अन्य ५ वटा पार्टीले सहभागिता जनाएक थिए। १०९ निर्वाचन क्षेत्र भएको सो निर्वाचनमा ७४ स्थानमा प्रजातन्त्रको पक्षधर पार्टी नेपाली कांग्रेसले विजय प्राप्त गरेको थियो। त्यो बेला कम्युनिष्ट पार्टीको नाममा जम्मा ४ स्थान आएको थियो।

त्यसको १८ महिना पछि ३० वर्ष सम्म दलीय राजनीतिमा वन्देज लाग्यो र निर्दलीय पंचायती ब्यबस्था शुरू भयो। २०४६ सालमा ७ वटा कम्युनिष्टका घटक मिलेर बनेको वाम मोर्चा र नेपाली कांग्रेस मिलेर राजनीतिक आन्दोलन गरेर पुनः बहुदलीय ब्यबस्थाको पुनर्स्थापना गरे। कम्युनिष्टहरूले आफ्नो राजनीतिक गन्तब्य साम्यवादलाई मान्ने भएकोले एउटा तप्का माओवादको नाममा बहुदलीय संसदीय प्रजातन्त्रलाई नमान्ने भनेर सो ब्यबस्था विरूद्ध आन्दोलन थाल्यो।

९० को दशक देखि नै विश्व खुला अर्थ तन्त्र र व्यक्तिगत स्वतन्त्रतालाई महत्व दिदै कम्युनिजमका पर्खालहरू भत्की रहेको अवस्थामा नेपालको माओवादी आन्दोलनले उनीहरूले चाहे जस्तो शासन ब्यबस्था आउने कुरा दिवास्वप्ना भै सकेको थियो, त्यसैले १० वर्ष सम्म करीव १७००० नेपालीहरूको हत्या हिंसा गराएर १२ बुदे दिल्ली सम्झौतामा तिनीहरूको आन्दोलन टुंगियो।

यी बाहेक अरू कम्युनिष्टहरूको समूह २०४७ साल देखि नै संसदीय प्रजातन्त्रमा सहभागी भै सकेको थियो र पछि माओवादी नामको पार्टी पनि यही कम्युनिष्ट घटक संग मिल्न वाध्य भयो। यसरी मधेशको नाममा राजनीति गर्ने दल, वाम पन्थी दल र प्रजातन्त्रको पक्षपाती दल गरेर झण्डै ३ वटा दलहरू कृयाशील भएको अवस्था हो अहिले। नेपालका कम्युनिष्टहरू जति लोकतान्त्रिक भने पनि यिनीहरूमा माओवादको धंगधंगी रहेको पाईन्छ। ब्यबहारमा बुज्रुवा भए पनि आफूलाई कम्युनिष्ट भन्न रूचाउछन् यिनीहरू। झनै गएको संसदीय निर्वाचनमा सबै कम्युनिष्ट घटक एक भएर लोकतान्त्रिक पार्टीको विपक्षमा उम्मेद्वार उठाएका यिनीहरूले झण्डै दुई तिहाई स्थानमा विजय प्राप्त पनि गरे।

यो विजयले यिनीहरू मैमत्ता र उन्मादी भए। चीनका राष्ट्रपति सी फिंगको नामबाट पार्टीमा प्रशिक्षण दिन थाले, भौतिकवादको नाममा होली वाईन छर्किन थाले, कतै संविधान संशोधन गरेर आफ्नै गन्तब्य समेत कोर्ने सपना देख्न थाले। असंलग्न परराष्ट्र नीतिको हाम्रो विदेशनीतिलाई लत्याउदै उत्तरी छिमेकी संग बढी हिमचिम बढाउदै जान थाले। भारतीय एकाधिकारलाई तोड्ने नाममा ब्यबहारिकतालाई वास्तै नगरी बि आर आई समेतमा सम्झौता गर्न पुगे।

विश्व राजनीतिमा देखिएको शीत युद्धलाइ अनदेखा गरी एकातिर लहसिन पुग्दाको परिणाम प्रजातन्त्र र मानव अधिकारमा आफ्नो परिचय बनाउन पुगेको संयुक्त राज्य अमेरिकाले चीनीया पक्षको हस्तक्षेपलाई नियन्त्रण गर्ने बिभिन्न अश्त्र मध्ये एम सी सी परियोजनालाई प्रयोग गर्न खोज्यो। यी दुई किसिमका अश्त्रहरू नेपालका वाम पन्थी र प्रजातान्त्रिक पक्षले बोकेर हिडेका छन्।

अहिले त एउटा कित्ता प्रजातान्त्रिक र अर्को कित्ता गैर प्रजातान्त्रिक भएर नेपालमा राजनीतिक द्वन्दको शुरूवात गर्दैछन्। नेपाललाई वफर स्टेट भनिएको आजबाट हैन। यसको भौगोलिक अवस्थितिलाई राजनीतिमा प्रयोग गर्न सकिने तथ्य विश्वले बुझेर नै यसलाई बफर स्टेट भनिएको हुनु पर्छ।यसको अवस्थितिलाई उपयोग गर्न शक्तिशाली राष्ट्रहरू खाशगरी संयुक्त राज्य अमेरिका र जन गणतन्त्र चीनले धेरै अगाडि देखि सोच बनाएका हुन सक्छन् र केवल अनुकूलता मात्र खोजी रहेकै बेला यी दुबैले आ-आफ्नो अश्त्र फ्यांकेका छन् ती अश्त्र हुन्- बी आर आई र एम सी सी।

अहिले नेपालका राजनीतिक दलहरू यिनै अश्त्रमा अल्झिएर अलमलमा परेका छन्। यसैका कारण नेपालको राजनीति पनि अहिले दुई धारमा विभाजित भएको छ। नेपालका प्रजातान्त्रिक ईतरका राजनीतिक दलहरूले उदारवादी प्रजातान्त्रिक विचार लिएर आएको अमेरिकी नीतिलाई वहिष्कार गर्ने र प्रजातान्त्रिक धारका दलहरूले जन गणतन्त्र चीनको साम्यवादी धारलाई पन्छाउन खोज्ने कारणले यो अवस्था सृजना भएको हो। तर हुनु पर्ने के थियो भने विदेशको सहयोग लिने तर विदेशी वाद चाही नलिने हुनु पर्ने।

यसमा नेपालका वाम पन्थी दलहरूले विदेशी वाद सहित चीनको सहयोग लिने तर प्रजातन्त्र र मानव अधिकार संग डराउने र आफ्नो देशको भन्दा अरू देशको सुरक्षा तर्फ चासो लिने गरेको देखियो। यस्तो प्रवृत्तिले सन्तुलित विदेश नीतिमा नराम्रो प्रभाव पर्न जान्छ। यसरी लामो संघर्षबाट प्राप्त प्रजातन्त्र र नागरिक स्वतन्त्रताको वातावरणलाई अरू देशको ईशारामा ओझेलमा पार्ने काममा नेपालका गैर प्रजातान्त्रिक दलहरू लागी परेको पाईन्छ। यसले नेपाललाई शक्तिशाली राष्ट्रहरूको कृडा स्थल बनाउने बाहेक केही गर्दैन। यस कारण नेपालमा राजनीति गर्छु भन्नेहरूले नेपाल र नेपालीको लागि राजनीति गर्नु पर्यो आफ्नो लागि हैन।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार