free website hit counter

नेपालगञ्जमा नेशनल लाईफको सुविधा सम्पन्न भवनको वास्तु पुजा सम्पन्न

beemaadmin
२०८१ श्रावण ३२, शुक्रबार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवनको कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहज्यूबाट वास्तु पुजा सम्पन्न भएको छ । वास्तु पुजामा कम्पनीका संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीहरु सहित बरिष्ठ अभिकर्ताहरुको सहभागिता रहेको थियो । सो समारोहमा अध्यक्षज्यूले कम्पनीको यो भवन लुम्विनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको र यस भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गरिने योजना रहेको बताउनु भयो । पुजामा सहभागि बरिष्ठ अभिकर्ताहरुले आफ्नो क्षेत्रमा कम्पनीको अत्याधुनिक भवन निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै भवन निर्माणबाट यस क्षेत्रको बीमा व्यवसाय प्रवद्र्धन हुनेमा आपूmहरु विश्वस्त रहेको बताएका थिए । ७२ अर्व भन्दा बढि जीवन बीमाकोष रहेको देशकै ठूलो बीमा कम्पनी मध्येको एक नेशनल लाईफ इन्स्योरेन्स ले नियामक निकाय श्री नेपाल बीमा प्राधिकरणको स्वीकृतीमा भवन निर्माण गरेको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार