free website hit counter

नेपालमा एकै पटक तीन जना संक्रमित थपिए, नेपालमै पहिलो पटक सक्रमण

beemaadmin
२०७६ चैत्र २२, शनिबार

काठमाडौं । नेपालमा एकै पटक कोरोना संक्रमित ३ जना फेला परेका छन् । अहिलेसम्म जति संक्रमित भेटिएका थिए ती सबै विदेशबाट आएका मात्रै थिए तर आज फेला परेकी महिला नेपालमै संक्रमित भएको बुझिएको छ । यो सँगै कोरोना भाइरस संक्रमितको संख्या ९ जना पुगेको छ । कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा कोरोना भाइरस पुष्टि भएको छ ।

यस्तै भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष पनि कोरोना पुष्टि भएको छ । यसअघि कैलालीको ३४ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ। ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ । योसँगै पहिलो पटक नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि नेपालमा जति संक्रमण देखिएको थियो, सबै विदेशबाट आएका नेपालीहरु थिए । तर कैलालीमा विदेशबाट आएका संक्रमितबाट स्थानीयमा सरेको पाइएको छ । लोकल स्ट्रान्समिसन भनिन्छ, जसलाई कोरोना संक्रमणको दोस्रो चरणमा मानिन्छ । तेस्रो कम्युनिटी ट्रान्समिसन हो, जसले महामारीको चरणमा पुर्याउन भूमिका खेल्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार