free website hit counter

नेपालमा कोरोनाका कारण ६०० ले ज्यान गुमाए, मृत्युदर ०.६० प्रतिशत

beemaadmin
२०७७ आश्विन २३, शुक्रबार

काठमाडौं । कोरोनासँगको युद्धमा पराजित भई ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ । गत २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको हो।

५ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

झापामा २९ र ५२ वर्षीय पुरुष, सुनसरीमा ४६, ५३ र ६८ वर्षीय पुरुष, काठमाडौंमा ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष, ललितपुरमा ८४, रुपन्देहीमा ४७ र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ।  यसअघि बिहिबार नेपालमा १२ जनाको मृत्यु भएको थियो। नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार