free website hit counter

नेपालमा कोरोना संक्रमित लाख नाघे

beemaadmin
२०७७ आश्विन २३, शुक्रबार

काठमाडौं । कोरोनाले विस्तारै सबैतिर ग्रसित बनाउँदै लैजाने क्रममा नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १३ हजार २८९ जनाको पिसिआर परीक्षण गर्दा २०१७ जनालाई संक्रमण देखिएको जानकारी दिए। २४ घण्टामा १६८० जना डिस्चार्ज भएका छन्।

योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ७३ हजार ०२३ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ।

उपत्यकामा थपिए १४०९
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय १६, ललितपुरमा १ सय ६३ र भक्तपुरमा १ सय ३० जनालाई कोरोना संक्रमण देखिएको छ।

काठमाडौंमा ३० हजार ४९७, ललितपुरमा ४ हजार १७४ र भक्तपुरमा ३ हजार ४९ संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार