free website hit counter

नेपालमा गाई र कुखुराको मासु तस्करी

beemaadmin
२०७६ कार्तिक २२, शुक्रबार

काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौंको नागढुंगाबाट मासु तस्करीको अभियोगमा २ वटा ट्रक नियन्त्रणमा लिएको छ । आलु र केराउ भन्दै काठमाडौंमा गाई र कुखुराको मासु तस्करी भइरहेको पत्तो पाएपछि ती ट्रकलाई नियन्त्रणमा लिइएको हो । ठूला तारे होटलका लागि ल्याइएका ती मासु राजश्व अनुसन्धानको फन्दामा परेको हो ।
सर्लाहीको मलंगवा नाका हुदैँ काठमाडौं आइरहेको २ वटा ट्रक नियन्त्रणमा लिएर त्यसमा सामान चेकजाँच गर्दा राजस्व छलेर १२ टन कुखुराको मासु र ५ टन गाईको मासु फेला परेको राजस्व अनुसन्धान विभागले जनाएको छ। जबकि भारतबाट नेपालमा जिउँदो तथा तयारी मासु ल्याउन प्रतिबन्ध छ। मासु जाँचका लागि विभागले खाद्य तथा गुणस्तर विभागमा पठाउने तयारी गरेको छ।
आलु र हरियो केराउ भन्दै उनीहरुले सर्लाहीको मलंगवा नाकाबाट गाई र कुखुराको मासु भित्र्याएको विभागका एक अधिकारीले जानकारी दिए। मासु नेपालका सोल्टी, हायात लगायतका होटलहरुको लागि ल्याएको खुल्न आएको विभागले जनाएको छ। ती होटलहरुले राजस्व छलेर बाहिरबाट मासु अवैध तरिकाबाट मगाउने गरेको गुनासो आएपछि चलाइएको अभियानमा २ वटा गाडी विभागले नियन्त्रणमा लिएको हो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार