free website hit counter

नेपालमा थप पुनर्बीमा कम्पनी आवश्यक छ ?

beemaadmin
२०७७ फाल्गुन २५, मंगलवार
  • नुरराज कँडेल

पुनर्बीमा कम्पनी भनेको बीमाको पनि बीमा गर्ने संस्था हो । जसले सबै प्रकारको बीमाको निश्चित रकमको जोखिम बहन गर्दछ । बीमा र पुनर्बीमामा धेरै अन्तर हुन्छ । बीमा जस्तो सजिलो पुनर्बीमा होइन । प्रथम बीमा कम्पनीले विमितको (जीवन तथा सम्पत्ति) को जोखिम बहन गरी थोरै जोखिमको अंश आफूले राखेर धेरै अंश पुनर्बीमालाई हस्तान्तरण गर्दछ । यसरी गरिने पुनर्बीमा देश विदेश जहाँ पनि गरिन्छ । यसलाई जोखिम विकेन्द्रीकरण गर्ने प्रक्रिया भन्दा हुन्छ वा जोखिमलाई धेरैति छरेर बीमा कम्पनी आर्थिक रुपमा सबल हुने प्रक्रिया हो ।

नेपालको सन्दर्भमा हाल एउटा पुनर्बीमा कम्पनी छ र प्रत्येक बीमकले पुनर्बीमा गरिने २० प्रतिशत हिस्सा नेपालमा नै गरी बाँकी विदेशी कम्पनीलाई दिइने प्रावधान छ । यसो गर्दा थोरै जोखिम देशभित्र नै बहन गरी धेरै जोखिम विदेशी कम्पनीलाई हस्तान्तरण गरिन्छ । यसो गर्दा ठूलो भवितव्य परि धेरै दाबी भुक्तानी पर्दा पनि देशभित्रबाट थोरै र विदेशबाट धेरै दाबी भुक्तानी भई अर्थतन्त्रमा नकारात्मक असर पर्दैन । यो अन्तर्राष्ट्रिय अभ्यास हो ।

हाम्रो समाजमा नयाँ प्राक्टिस भन्दा देखासिकी बढी गरिन्छ । जसमा जुन व्यवसाय सफल छ त्यसैको नक्कल गर्ने प्रवृत्ति बढी देखिन्छ । यसैमा पुनर्बीमा कम्पनी पनि पर्दछ । हाल आएर पुनर्बीमा कम्पनी खोल्ने र इजाजत लिनेको अर्को नै लागेको छ । नेपालमा बीमासम्बन्धी दक्ष जनशक्तिको अभाव भैरहेको पुनर्बीमाको स्थापना र सञ्चालनमा समस्या त छैन ? यसको भविष्य पनि हेर्न जरुरी छ ।

नेपालमा पुनर्बीमाको बजार कति छ ?

नेपालमा वि.सं. २०७१ साल कात्तिक २१ ग्तेदेखि नेपाल पुनर्बीमा कम्पनी स्थापना भई सञ्चालनमा आयो र बजार पनि राम्रो छ । तर २० प्रतिशत भन्दा बढी प्रतिबीमक पुनर्बीमा पाउँदैन बाँकी हिस्सा विदेश पठाइन्छ । यदि नेपालमा नै अरु पुनर्बीमक भएमा केही हिस्सा हस्तान्तरण गरी अवश्य व्यापार दिइनेछ । ३÷४ वटा पुनर्बीमक थपिँदा र प्रति बिमक १०÷२० प्रतिशत व्यापार पाउँदा पनि ३९ वटा बीमकबाट राम्रै व्यापार हुन्छ । पुनर्बीमा शुल्क पनि विदेश पलायन हुन कम हुन्छ भने विदेशबाट पनि पुनर्बीमा शुल्क भित्रिन सक्दछ । किनकि विदेशी कम्पनीहरुले पनि नेपालका पुनर्बीमा कम्पनीसँग व्यापार गर्दछन् र बीमकलाई बीमाशुल्क तिर्दछन् । यो निकै सकारात्मक र राम्रो पक्ष हो ।

राज्यको अर्थतन्त्रमा कस्तो असर पर्ला ?

पुनर्बीमक थपिँदा पुनर्बीमा मार्फत् विदेशमा पठाइने केही रकम सञ्चित हुन्छ र विदेशी कम्पनीले पनि नेपालमा पुनर्बीमा गर्दा विदेशी मुद्रा आर्जन भई देशको अर्थतन्त्रमा राम्रै प्रभाव पर्दछ र देशको आर्थिक स्थिति मजबुद हुन्छ । किनकि पुनर्बीमामा शुल्क मात्र भई राज्यलाई कर, दलाल कमिशनको कर आदि राज्य कोषमा जान्छ । दलाल भन्नाले बीमा कम्पनी र पुनर्बीमा कम्पनीको व्यापार तालमेल मिलाउनेलाई भनिन्छ । जुननेपाली जनजिब्रोमा बोल्दा पनि नकारात्मक सोचाई आउन सक्दछ । तर यो व्यवसायको स्तरीय र सम्मानित पद हो ।

अर्थतन्त्र चौपट पनि हुनसक्छ
कुनै पनि देशभित्रको बीमक र पुनर्बीममक भित्रै व्यापार गरियो भने आत्मघाती हुनसक्छ । पुनर्बीमा भनेको धेरैतिर र विदेशी कम्पनीसँग पनि गर्न जरुरी हुन्छ । किनकि जब ठूलो दाबी भुक्तानी पर्दछ तब सबैतिर वा देश विदशेबाट भुक्तानी हुँदा सहज हुन्छ र कुनै कम्पनीलाई आर्थिक भार पर्दैन । यदि देशभित्रै पुनर्बीमाको हिस्सा बढी भएमा देशभित्रैको बीमकबाट दाबी भुक्तानी गर्नु पर्दा आर्थिक संकट आउन सक्दछ वा अर्थतन्त्रमानै समस्या आउन सक्दछ ।

वि.सं. ०७२ को जस्तै प्राकृतिक विपत्ति आएमा ?
प्राकृतिक विपत्ति सबै देशमा भइ रहन्छ । जबकि विकशित देशमा ७ दिनभित्र आँधिलगायतको विपत्ति आउँदैछ भन्ने सूचना पाउँदा पनि जनधनको क्षति भइरहेको हुन्छ भने हाम्रो जस्तो विकासोन्मुख देशमा त्यस्तो सूचनाको सम्भावना नै छैन र अझ भूकम्पको जहिले पनि उच्च जोखिममा सधैं छ । भाग्यवश वि.सं. २०७२ सालको महाभूकम्प जाँदा धेरै क्षति हुँदा पनि धेरै बीमित परेनन् वा बीमा नै धेरैले गरेका थिएनन् । यदि विकसित देशमा यस्ता प्राकृतिक विपत्ति घटेमा सबै वा कम्तिमा पनि ९० प्रतिशत बीमित हुन्थे । अब कल्पना गरौं फेर यस्तो भवितव्य वा प्राकृतिक विपत्ति देशले सहन परेको खण्डमा नेपालभित्रैका बीमक र पुनर्बीमकबाट क्षतिपूर्ति गरिँदा अर्थतन्त्रको स्थिति कस्तो होला ? जबकि वार्षिक राज्यको बजेट भन्दा बढी त क्षतिपूर्ति नै दिनु पर्दे हुन्छ ।

सम्भाव्यता अध्ययन टोलीको राय के छ ?
नेपालमा पुनर्बीमा कम्पनीको आगामनको चर्चा हुन थालेपछि नियामक निकाय बीमा समितिले बीमा विज्ञ भोजराज शर्माको नेतृत्वमा ३ सदस्यीय टोली गठन गरी नेपालमा पुनर्बीमा कम्पनीको आवश्यकता र सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाउन लगाएको छ । जुन समूह हाल राष्ट्रिय अन्तर्राष्ट्रिय तथ्यांकहरु अध्ययन अनुसन्धान गर्नमा व्यस्त देखिन्छ । यसै सन्दर्भमा बीमा विज्ञ भोजराज शर्मालाई नेपालमा पुनर्बीमा कम्पनी थप गर्न कति आवश्यक छ ? भनेर सोधिएको प्रश्नमा तटस्थ उत्तर पाइयो । जहाँ पुनर्बीमा फरक व्यवशाय एकाले धेरै अध्ययन गरेर निर्णय लिनु पर्दछ । यो बीमा कम्पनी जस्तो होइन । थोरै बीमाशुल्क बचाउनलाई धेरै जोखिम मोल्न गाह्रो छ । र कुनै समय यस्तो आउन सक्छ कि देशको अर्थतन्त्रले नधान्न पनि सक्दछ । सकभर पुनर्बीमा अरुलाई नै र धेरैतिर जिम्मा लगाउनु पर्दछ हामी अध्ययन गर्दैछौं । बढीमा एक महिनामा टुंगो लाग्छ भनी शर्मा भन्नुहुन्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार