– ईश्वर श्रेष्ठ
बंगलादेशको आन्दोलन र नेपालमा शरणार्थी समस्या बंगलादेशमा हुने राजनीतिक आन्दोलन र सामाजिक अशान्तिले सधैं दक्षिण एशियाली क्षेत्रलाई प्रभावित पार्ने गरेको छ। हाल आजभोली बंगलादेशमा भएका आन्दोलनहरू र सत्तापक्ष तथा विपक्षी दलहरूबीचको द्वन्द्वले स्थिति थप जटिल बनाएको छ।
प्रधानमंत्री शेष हसीना लाई देश छाड्न बाध्य बनायो यसले गर्दा त्यहाँका नागरिकहरूमा असुरक्षा र अस्थिरताको भावना उत्पन्न भइरहेको छ, जसको प्रत्यक्ष प्रभाव नेपालमा बगलादेसी शरणार्थीहरूको प्रबेसले पर्न सक्छ।
नेपालमा सम्भावित जटिलताहरू
– सामाजिक अस्थिरता बंगलादेशबाट ठूलो संख्यामा शरणार्थीहरू नेपाल प्रवेश गर्न थाल्दा यहाँको सामाजिक संरचनामा अस्थिरता आउन सक्छ।
विभिन्न समुदायबीचको आपसी सम्बन्धमा तनाव उत्पन्न हुन सक्छ।
– आर्थिक भार शरनार्थि आगमनले नेपालको सीमित स्रोत साधनमा थप भार पर्न सक्छ। सरकारी सेवाहरूमा दबाब बढ्ने र स्थानीय रोजगारमा प्रभाव पर्ने सम्भावना छ।
– स्वास्थ्य र सुरक्षा शरणार्थीहरूको अत्यधिक आगमनले स्वास्थ्य सेवा प्रणालीमा चाप बढाउने छ। विभिन्न रोगहरूको संक्रमण फैलिन सक्ने जोखिम पनि रहन्छ। साथै, सुरक्षा व्यवस्थामा चुनौतीहरू थपिन सक्छन्।
समाधान र व्यवस्थापनका उपायहरू
१. सिमाना सुरक्षा कडा बनाउने नेपालले सिमाना सुरक्षा कडा बनाउनुपर्छ। अनधिकृत प्रवेशलाई रोक्नका लागि नियमित गस्ती र सुरक्षा व्यवस्थालाई सुदृढ गर्नुपर्छ।
२. अन्तर्राष्ट्रिय सहयोग शरणार्थीहरूको व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय निकायहरू र गैरसरकारी संस्थाहरूसँग समन्वय गरी आवश्यक सहयोग प्राप्त गर्नुपर्छ। शरणार्थीहरूको बसोबास, खानपान, स्वास्थ्य सेवामा सहयोग पुर्याउने व्यवस्था मिलाउनुपर्छ।
३. सामुदायिक समन्वय र समर्थन ,स्थानीय समुदायलाई शरणार्थीहरूको समस्यामा सहयोग गर्न उत्प्रेरित गर्नुपर्छ। सहनशीलता, आपसी समझदारी, र सहयोगको भावना विकास गर्न समुदायमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ।
४. नागरिकको जानकारी नागरिकलाई शरणार्थी व्यवस्थापन र यसका प्रभावबारे जानकारी दिनुपर्छ। यस्तै समस्या आउँदा कसरी व्यवहार गर्नुपर्ने भन्ने कुरामा सचेत बनाउनुपर्छ।
५. कूटनीतिक प्रयास नेपालले बंगलादेशसँग कूटनीतिक स्तरमा छलफल गरी शरणार्थी समस्या समाधान गर्नुपर्नेछ। आपसी समझदारी र सहयोगबाट समस्याको समाधान खोज्नुपर्छ। बंगलादेशको आन्दोलन र त्यसबाट उत्पन्न शरणार्थी समस्याले नेपाललाई विभिन्न चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ।
तर, उचित व्यवस्थापन, अन्तर्राष्ट्रिय सहयोग, र कूटनीतिक प्रयासद्वारा यस समस्यालाई समाधान गर्न सकिन्छ। शरणार्थीहरूलाई मानवीय दृष्टिकोणबाट सहयोग गर्दै नेपालको सामाजिक, आर्थिक, र स्वास्थ्य क्षेत्रमा पर्ने प्रभावलाई न्यून पार्न सकिन्छ।
(धनकुटाका श्रेष्ठ सामाजिक अभीयान्त हुनुहुन्छ)