free website hit counter

नेपालमा पुनर्बीमा कम्पनीको बाढी, तेस्रो कम्पनीको भित्रभित्रै तयारी

beemaadmin
२०७७ पुष १५, बुधबार

काठमाडौं । बीमा व्यवासय फस्टाएसँगै नेपालमा पुनर्बीमा कम्पनीको सम्भावना देखेर नेपाल पुनर्बीमा कम्पनीको स्थापना भएसँगै पुनर्बीमामा लगानी गर्ने लगानीकर्ताको लहर देखिन थालेको छ । गैर आवासीय नेपाली र विभिन्न उद्योगीहरुको लगानीमा अन्नपूर्ण रि इन्स्योरेन्स कम्पनी स्थापनाको तयारी गर्दै बीमा कम्पनीहरुलाई संस्थापक शेयरका लागि पत्राचार भइरहँदा तेस्रो कम्पनीको पनि आगमन हुने संकेत देखिएको छ ।

जेन्युयन रि इन्स्योरेन्स नामक पुनर्बीमा कम्पनी दर्ताको लागि भित्रभित्रै प्रक्रिया थालिएको छ । बीमा समितिमा औपचारिक प्रक्रिया सुरु नगरिएको तथा बीमा समितिमा अहिले सबै प्रकारका बीमा कम्पनीहरु दर्ता बन्द रहेको अवस्थामा कम्पनी सञ्चालनका लागि आवश्यक पूर्व तयारी थालिएको बताइएको छ । नयाँ कम्पनी दर्ता सम्बन्धमा बीमा समितिले औपचारिक रुपमा कुनै पनि प्रतिक्रिया शुरु गरेको छैन ।

सम्बन्धित समाचार