free website hit counter

नेपालमा संक्रमणको अवस्था भयाबह हाेइन

beemaadmin
२०७७ बैशाख २३, मंगलवार

आजसम्म नेपालमा ८२ जना कोरोना संक्रमित पत्ता लागेका छन् | एक हप्ता पहिले उदयपुर इपिसेन्टर देखिएको थियो भने अहिले नेपालगंज देखिएको छ | यसले आम मानिसमा चिन्ता बढाएको छ | मैले गरेको अध्ययन अनुसन्धानले नेपालको स्थिति यस्तो छ |
– नेपालमा कोरोना संक्रमणको पहिलो केस देखिएको साढे ३ महिना भयो | यो अबधिमा ६ बर्षको बालिकादेखि ८१ बर्षकी हजुरआमा संक्रमित भएका छन् | ६५ बर्षकी दीर्घ रोग भएकी बाग्लुंगकी आमा पनि संक्रमित हुनुभएको छ | खुसीको कुरा के छ भने एक जना संक्रमितलाई पनि आइसीयुमा राख्न परेको छैन, भेन्टिलेटर प्रयोग गर्नुपरेको छैन | कसैको पनि मृत्यु भएको छैन |
– २-३ वटा केस बाहेक अरु संक्रमितमा कुनै पनि लक्षण देखिएको छैन | कोहि पनि गम्भीर भएका छैनन् |
– बिरामी भएर तथा अस्पताल पुगेर जांच गर्दा कोरोना संक्रमण देखिएको छैन | विदेशबाट आएका केहि संक्रमित आफै कोरोना संक्रमण टेस्ट गर्न अस्पताल गएका थिए भने अधिकांश संक्रमितलाई स्थानीयको उजुरीको आधारमा, क्वारेन्टाइनमा बसेका मध्ये परिक्षण गर्दा तथा कन्ट्याक्ट ट्रेसिंगको आधारमा रोग पत्ता लगाइएको छ |
– एकै परिवारमा कोहि संक्रमित छन्, कोहि संक्रमित छैनन् |
– कोरोना संक्रमण भित्रभित्रै भुसको आगो भएको छ कि भन्ने शंका ब्यापक छ | तर यो सत्य होइन | संक्रमण धेरै फैलिएको भए उपचार खोज्ने, अस्पताल जाने, आइसीयुमा भंर्ना हुने तथा मृत्यु हुनेको संख्या बढ्ने थियो | यसबाट भन्न सकिन्छ कि संक्रमित छन्, तर ठूलो संख्यामा छैनन् |
– नेपालमा देखिएको कोरोना संक्रमण अरु देशमा भन्दा फरक छ | मलाइ लाग्छ, हामीकहाँ आएको कोरोना भाइरसको स्ट्रेन निकै कमजोर छ | हाम्रो हावापानी, खानपिन, परम्परा आदिको कारण पनि यहाँको कोरोना भाइरस घातक नदेखिएको हुनसक्छ |
– नेपालका अनुसन्धानकर्ताले हामीकहाँ देखिएको कोरोना भाइरसको जिनम टेस्ट गर्न बाहिर पठाउनु पर्दछ | यसबाट थाहा हुन्छ कि अमेरिका, बेलायत, युरोप आदि देशमा फैलिएको कोरोना भाइरस र नेपालमा देखिएको कोरोना भाइरस एकै प्रजाति हो कि फरक हो ? भन्ने तथ्य |
– उदयपुर, बिरगंज र नेपालगंजमा एकै समुदायमा धेरै संक्रमित छन् | यसको कारण सामाजिक दुरी कायम नभएकोले मात्र हो कि अन्य कुनै जेनेटिक कारण छ ? यसको अनुसन्धान हुनु जरुरी छ |
– विश्व तथ्यांक हेर्ने हो भने, WHO, CDC आदिको रिपोर्ट हेर्ने हो भने एकजना संक्रमितले २ देखि ३ जनालाई मात्र संक्रमण सार्न सक्दछ | चीनको बुहानमा कोरोना संक्रमण पिकमा पुग्दा एक संक्रमितले औसतमा ५ जनालाई सारेको बताइएको थियो | केहि समयपछि बुहानमा एक संक्रमितले ४ जना, ३ जना हुँदै सार्ने डर घटेको थियो | तसर्थ एकजनाले हामीले कल्पना गरेजस्तो धेरै व्यक्तिलाई संक्रमण सार्न सक्दैन |
– नेपालमा संक्रमित अधिकांश विदेशबाट आएका व्यक्तिलाई देखिएको छ | लकडाउन, क्वारेन्टाइन आदिको कारण उनीहरु समुदायमा निस्किन पाएनन् | कोरोना भाइरस मान्छेलाई लाग्ने बित्तिकै र १५ दिनभित्र जति अरुलाई संक्रमण सार्न सक्छ, १५ दिनपछि सार्ने क्षमता घट्दै जान्छ | त्यसैले बाहिरबाट आएका व्यक्तिहरुबाट स्थानीयमा त्यति धेरै सर्न पाएको छैन |
– संक्रमित मध्ये ८५ % लाई आफै निको हुने र १५ % मा गम्भीर लक्षण देखिने, ८-१० % लाई आइसीयु / भेन्टिलेटर चाहिने, ३ % को मृत्यु हुने विश्वव्यापी तथ्यांक तथा दावी नेपालमा लागु भएको छैन | यहाँ ९० % लाई लक्षण देखिएको छैन | १० % लाई हल्का देखिएको थियो | आइसीयु, भेन्टिलेटर र मृत्यु अरु देशमा जस्तो यहाँ आबश्यक भएको छैन |
– अन्य देशमा मलेरिया, एचाइभी, इबोला, जापानिज इन्फ्लुएन्जा आदिमा प्रयोग गरिने औषधि चलाइरहेका छन् | हामीकहाँ ती औषधि चलाउनु परेको छैन | सामान्य पारासिटामोल, खोकीको औषधि, सास फेर्न सजिली हुने औषधि र २-३ हप्ता अस्पताल बसेर निको भएका छन् |
– अन्य देशमा जनसंख्या धेरै भएका सहरमा हजारौं / लाखौँ संक्रमित भएका छन् | तर नेपालमा जनसंख्या धेरै भएका सहरमाभन्दा सिमाबर्ती क्षेत्रमा संक्रमित धेरै छन् | बोर्डर १०० % शिल गर्ने हो भने हाम्रो आन्तरिक अवस्था बलियो छ |
– तसर्थ कोरोना संक्रमणको कारण हामी आत्तिनु पर्दैन | सामाजिक दुरी कायम गर्ने हो भने हामी अझै सुरक्षित हुन्छौं | अर्को कुरा संक्रमित पत्ता लाग्नु राम्रो कुरा हो | परिक्षण जति बढायो, संक्रमित पता लाग्ने अनि उनीहरुलाई आइसोलेसनमा राख्ने अवसर मिल्छ | उनीहरुले समुदायलाई रोग सार्न पाउंदैनन् | सरकारले PCR परिक्षण ब्यापक रुपमा गर्नु जरुरी छ |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार