काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितमध्ये १० वर्ष मुनिका दुई हजार भन्दा बढी बालबालिकामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६९ हजार ३ सय १ जना कोरोना संक्रमितमध्ये २ हजार ३ सय ८५ जना बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो।
तीमध्ये ९ सय ६६ जना बालिका रहेका छन् भने १ हजार ४ सय १९ जना बालक रहेको मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी बाग्मती प्रदेशमा ६ सय ७८ जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्।
त्यस्तै प्रदेश २ मा ३६०, प्रदेश ५ मा ३३८, कर्णाली प्रदेशमा १२९, प्रदेश १मा १६८, सुदूरपश्चिम प्रदेशमा ६ सय १२ जना र सबैभन्दा थोरै गण्डकी प्रदेशमा १०० जना, बालबालिका संक्रमित भएको मन्त्रालयले जनाएको छ।
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु , भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, रसुवा, रामेछाप, सिन्धुली, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी १४ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन।
१० वर्ष मुनिका संक्रमित बालबालिका, कुन जिल्लामा कतिर ?
– ओखलढुंगा एक बालिका
– खोटाङ एक बालक
– इलाम एक बालक
– झापामा ४ बालिका र ११ बालक।
– मोरङमा ४८ बालिका र ५४ बालक।
– सुनसरीमा २१ बालिका र २६ बालक।
– उदयपुरमा २ बालिका ।
– सप्तरीमा १५ बालिका र ३४ बालक।
– सिराहमा ३ बालिका र ८ बालक।
– धनुषामा १४ बालिका र ३५ बालक।
– महोत्तरीमा ८ बालिका २५ बालक।
– सर्लाहीमा २६ बालिका र ३१ बालक।
– रौतहटमा २५ बालिका र ४१ बालक।
– बारामा १६ बालिका र १८ बालक।
– पर्सामा २८ बालिका र ३३ बालक।
– दोलखा ३ बालिका र ३ बालक ।
– सिन्धुपाल्चोकमा १ बालिका र २ बालक।
– धादिङमा २ बालिका ६ बालक।
– नुवाकोटमा २ बालिका र ४ बालक।
– काठमाडौंमा १६९ बालिका र २४९ बालक।
– भक्तपुरमा २१ बालिका र ४३ बालक।
– ललितपुरमा २४ बालिका र ५१ बालक।
–काभ्रेपलान्चोकमा ७ बालिका र ५ बालक।
–सिन्धुलीमा १ बालिका र १ बालक
–मकवानपुरमा १३ बालिका र २५ बालक ।
–चितवनमा १६ बालिका र ३० बालक ।
– गोरखामा ९ बालिका र ७ बालक।
– म्याग्दीमा १ बालिका १ बालक।
– कास्कीमा ७ बालिका ८ बालक
– लमजुङमा ५ बालिका र ६ बालक।
– तनहुँमा ५ बालिका र ६ बालक।
– नवलपरासी पूर्वमा ७ र बालिका १४ बालक।
– स्याङ्जामा ४ बालिका र ११ बालक।
– पर्वतमा ३ जना बालक।
– बाग्लुङमा १ बालिका र ५ जना बालक।
– रुकुम पुर्व बालक
– रोल्पामा २ बालिका र १ बालक।
– प्युठानमा १० बालिका र १० बालक।
– गुल्मीमा ११ बालिका र १० बालक।
– अर्घाखाँचीमा ७ बालिका र ९ बालक।
– पाल्पामा ८ बालिका र ९ बालक।
– नवलपरासी पश्चिममा ८ बालिका र १३ बालक।
– रुपन्देहीमा ४६ बालिका र ५२ बालक।
– कपिलवस्तुमा १९ बालिका र २५ बालक।
– दाङमा १५ बालिका र ११ बालक।
– बाँकेमा २६ बालिका र २२ बालक।
– बर्दियामा १० बालिका र १३ बालक।
– मुगुमा १ जना बालक।
– जुम्लामा १ बालिका र २ बालक
– कालिकोटमा २ बालिका र ५ बालक।
– दैलेखमा ९ बालिका र ३७ बालक।
– जाजरकोटमा २ बालिका र १ बालक।
– रुकुम पश्चिममा ३ बालिका र १ जना बालक।
– सल्यानमा २ बालिका र ९ बालक।
– सुर्खेतमा २५ बालिका र २९ बालक।
– बाजुरामा ३२ बालिका र ३२ बालक।
– बझाङमा २८ बालिका र ४२ बालक।
– दार्चुला १ बालक
– बैतडीमा ९ बालिका र ११ बालक।
– डडेल्धुरामा ६ बालिका र १४ बालक।
– डोटीमा ५६ बालिका र ८१ बालक।
– अछाममा ३६ बालिका र ६८ बालक।
– कैलालीमा ६२ बालिका र ९३ बालक।
– कञ्चनपुरमा २३ बालिका र १८ बालक।
(स्वास्थ्य खबरबाट)