free website hit counter

नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना

beemaadmin
२०७६ भाद्र २३, सोमबार

काठमाडौं । नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना सिभिल बैंकले ल्याएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै बैंकले एन्यूटी (वार्षिक) बचत खाता कार्यक्रम सार्वजनिक गरेको हो । एन्यूटी बचत खाता, बचत र मुद्दती दुबैको समायोजन गरी बनाइएको नयाँ निक्षेप योजना रहेको बैंकले जनाएको छ ।
एन्यूटी डिपोजिट योजना अन्तरगत सेवाग्राहीले भविष्यमा आफुलाई चाहिने रकमको व्यवस्थापन गर्न सो खातामा मासिक एक हजार माथिको रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ । बचतकर्ताले निश्चित अवधि तोकी समान मासिक किस्ता बैंक खातामा जम्मा गर्दै जानुपर्नेछ । र ग्राहकले आफुले ईच्छयाईएको रकम सो अवधि पश्चात एकमुष्ठ प्राप्त गर्न सक्ने छन् । तर सिभिल एन्यूटी डिपोजिट अन्तर्गत खोलिएको खाताको व्याजदर भने खाताको अवधिभर स्थीर रहने जनाइएको छ ।
न्यूनतम मौज्दात एक हजार रुपैयाँबाट शुरु गर्न सकिने यस योजनामा व्यक्तिगत तथा संस्थागत दुबै थरीका निक्षेपकर्ताले सुविधा पाउने बैंकको भनाइ छ । यस योजना अन्तर्गत सेवाग्राहीले न्यूनतम १ वर्षदेखि अधिकतम ७ वर्षसम्मको अवधिमा आफ्नो मासिक आम्दानीबाट बचत गर्न सक्ने पनि बैंकले जनाएको छ । ग्राहकवर्गको इच्छाअनुसार एक व्यक्तिले एक भन्दा बढि पनि खाता खोल्न सक्ने सुविधा प्रदान गरिएको बैंकले जानकारी गराएको छ ।
यस योजनाअन्तर्गत आवश्यक परेको खण्डमा न्यूनतम ३ महिनापछि निक्षेप खाता बन्द गर्न वा मौज्दात रकमको ६० प्रतिशतसम्म रकम ऋण निकाल्न मिल्ने सुविधा प्रदान गरिएको पत्रकार सम्मेलनमार्फत बैंकले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार