free website hit counter

नेपाल इन्भेष्टमेन्ट बैंकका सेयरधनीलाई १६ प्रतिशत लाभांश

beemaadmin
२०७८ आश्विन १९, मंगलवार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई अधिकतम १६ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बसेको बैंकको सञ्चालक समिति बैठकले गत वर्ष २०७७–७८ को मुनाफाबाट ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

योसँगै बैंकले यसपटक १ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८३६ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ भने नगद लाभांशतर्फ कुल ७७ करोड ३८ लाख ४८ हजार ८८४ रुपैयाँ चर्चिनेछ । लाभांश भने नियामक राष्ट्र बैंक र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण गरिनेछ । गत वर्ष बैंकले १३ प्रतिशत बोनस सेयर र ५।५ प्रतिशत नगद लाभांश गरी कुल १८।५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित समाचार