काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै ५.७५ प्रतिशत ब्याजदरमा साना तथा मझौला उद्यम (एसएमई) कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार नयाँ योजनाअन्तर्गत ग्राहकले वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा लिन सक्नेछन्। उक्त ब्याजदर एक वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ।
‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने नारासहित सञ्चालनमा ल्याइएको एनआईएमबी एसएमई कर्जामार्फत व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जाको सदुपयोगिताका आधारमा ग्राहकलाई उपयुक्त कर्जा सुविधा उपलब्ध गराउने बैंकको उद्देश्य रहेको छ।
यस योजनाबाट व्यवसायी तथा उद्यमीले व्यवसाय विस्तार, चालु पुँजी व्यवस्थापन, नयाँ लगानीलगायत विभिन्न व्यावसायिक आवश्यकताका लागि कर्जा उपयोग गर्न सक्नेछन्।
बैंकले देशभर रहेका २५१ शाखामार्फत एसएमई कर्जासम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको जनाएको छ।
मेहनती उद्यमी तथा व्यवसायीसँग वित्तीय सहकार्य गर्दै उनीहरूको व्यवसाय विस्तार, व्यावसायिक विकास र समृद्धिमा योगदान पुर्याउने बैंकले विश्वास व्यक्त गरेको छ।