free website hit counter

नेपाल इन्स्योरेन्सको नाफा पौने ९ करोड

beemaadmin
२०७६ माघ २८, मंगलवार

काठमाडौं । मुलुककै सबैभन्दा जेठो इन्स्योरेन्स कम्पनी नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । इन्स्योरेन्सको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९।४४ प्रतिशत अर्थात १ करोड ४२ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्ष यहि अवधिसम्ममा इन्स्योरेन्सले ७ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सको खुद बीमाशुल्क बढेसंगै खुद नाफामा पनि सुधार भएको हो। यस अवधिसम्ममा इन्स्योरेन्सले ३२ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८ करोड १८ लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले २४ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

Advertisement
Advertisement

सो अवधिसम्ममा कम्पनीले पुनर्बीमा कमिशनबाट ७ करोड ८६ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ३ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी एक अर्ब ९ करोड ५५ लाख रुपैयाँ रहेको नेपाल इन्स्योरेन्सको जगेडा कोषमा ३२ करोड २५ लाख रुपैयाँ, बीमा कोषमा ३४ करोड १३ लाख रुपैयाँ सञ्चित छ।

Advertisement
Advertisement

कम्पनीले ८६ हजार ८१ बीमालेख जारी गरी ६२ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यस अवधिमा कम्पनीले १ हजार ५३८ दाबी बापत १३ करोड ३१ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने २ हजार ४५३ दाबी बापत ८६ करोड ९० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

सम्बन्धित समाचार