free website hit counter

नेपाल इन्स्योरेन्सको सिइओमा महर्जनकै निरन्तरता

beemaadmin
२०८३ जेष्ठ ८, शुक्रबार

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरकृष्ण महर्जनलाई पुनः नियुक्त गरेको छ।

कम्पनीको सञ्चालक समितिको जेठ ८ गते बसेको बैठकले महर्जनलाई आगामी चार वर्षका लागि पुनः सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनी सचिव सुलना श्रेष्ठका अनुसार उनको नयाँ कार्यकाल जेठ १८ गतेदेखि लागू हुनेछ।

Advertisement
Advertisement

महर्जन यसअघि २०७९ जेठ १८ गते नेपाल इन्स्योरेन्सको सीईओ नियुक्त भएका थिए। उनको नेतृत्वमा कम्पनीले विभिन्न व्यवसायिक तथा संस्थागत सुधारका कार्यक्रम अघि बढाएको जनाएको छ।

Advertisement
Advertisement

बीमा क्षेत्रमा करिब तीन दशकको अनुभव बटुलेका महर्जन अनुभवी व्यवस्थापकका रूपमा परिचित छन्। उनले यसअघि प्रुडेन्सियल इन्स्योरेन्समा १४ वर्षसम्म प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए। साथै, उनी नेपाल बीमा संघका पूर्व उपाध्यक्ष समेत हुन्।

कम्पनीले अनुभवी नेतृत्वलाई निरन्तरता दिँदै महर्जनलाई पुनः जिम्मेवारी सुम्पिएको जनाएको छ।

सम्बन्धित समाचार