free website hit counter

नेपाल इन्स्योरेन्सबाट आइएमई समूह बाहिरीयो

beemaadmin
२०८० श्रावण २९, सोमबार

काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सबाट आइएमई समुहले आफ्नो लगानी झिकेको छ । आफ्नै निर्जीवन बीमा कम्पनी सञ्चालन गरीरहेको आइएमई ग्रुपले क्रश होलिल्डङ्ग भएका कारण नेपाल इन्स्योरेन्सबाट आफ्नो लागनी फिर्ता लगेको हो । बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०७३ अनुसार एउटा लगानीकर्ता वा एकाघरका सदस्यको नाममा १५ प्रतिशत भन्दा बढी लगानी गर्न नपाइने व्यवस्था छ । उक्त व्यवस्था अनुसार आइएमई ग्रुप नेपाल इन्स्योरेन्सबाट बाहिरीएको हो । आइएमई ग्रुपको स्वामित्वमा रहेको नेपाल इन्स्योरेन्सको १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक शेयर आइतबार कारोबार भएको छ । उक्त शेयर एशियन लाइफले प्रतिकित्ता ३०० रुपैयाँका दरले ५८ करोड ४५ लाख ६१ हजार ४०० रुपैयाँका खरिद गरेको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार