free website hit counter

नेपाल इन्स्योरेन्सले दिनेभयो साढे सात प्रतिशत लाभांश

beemaadmin
२०७६ भाद्र १७, मंगलवार

काठमाडौं । नेपालको सबैभन्दा पुरानो नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट ७.५ प्रतिशत लाभांशको घोषणा गरेको छ । इन्स्योरेन्सको ७० औं वार्षिक साधारणसभाले लाभांश सहित मर्जर तथा एक्वीजिशनमा जाने एजेण्डा परित गरेको हो ।
चुक्ता पूँजी १ अर्ब १ करोड ९१ लाख रुपैयाँको ७।५ प्रतिशत बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको हो । बीमा समितिको निर्देशन अनुसार न्युनतम चूक्ता पूँजी पुर्याइसकेको इन्स्योरेन्सले बोनस वितरण पछि एक अर्ब ९ करोड ५५ लाख रुपैयाँ पुग्नेछ । बोनसमा कर प्रयोजनको लागि ४० लाख २२ हजार रुपैयाँ प्रस्ताव गरे पनि बीमा समितिले अस्वीकार गरेपछि सो कर शेयरधनीकै भागमा परेको छ ।
यस्तै साधारण सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्ने सम्पूण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य आधा घट्ने अनुमान

beemaadmin
२०८१ चैत्र २४, सोमबार

बोर्डमै अड्कियो ५४ अर्बको आइपीओ

beemaadmin
२०८१ चैत्र २४, सोमबार

स्वास्थ्य बीमाको बक्यौता १६ अर्ब

beemaadmin
२०८१ चैत्र २४, सोमबार