free website hit counter

नेपाल इन्स्योरेन्सले मर्जरको ढोका खोल्यो

beemaadmin
२०७६ भाद्र ११, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक नीतिमार्फत् बैंक तथा विमा कम्पनीहरुलाई मर्जरमा जान घचघच्याइरहेको बेला नेपालको सबैभन्दा पुरानो नेपाल इन्स्योरेन्सले पनि मर्जरका लागि ढोका खुल्ला राखेको छ ।  बि.सं. २००४ साल आश्विन ८ मा स्थापना भएको नेपालको पहिलो बीमा कम्पनी नेपाल ईन्स्योरेन्सले आफ्नो ७०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी बिषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गरेको छ ।

साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पुँजीको ७.५ प्रतिशतले बोनश सेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा आइतबार एयरपोर्ट होटलमा भएको साधारणसभाले को आ.व. २०७४÷७५ कोे वार्षिक प्रतिवेदन पास गरेको छ । यस कम्पनीले ४६ शाखा र २९ सेवा केन्द्र गरी ७६ स्थानबाट निर्जीवन वीमा अन्तर्गत सम्पत्ति बीमा, मोटर, सामुन्द्रिक, इन्जिनियरिङ्ग, हवाई, विविध तथा लघु वीमाअन्तर्गत विभिन्न वीमा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार