free website hit counter

नेपाल इन्स्योरेन्सले मर्जरको ढोका खोल्यो

beemaadmin
२०७६ भाद्र ११, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक नीतिमार्फत् बैंक तथा विमा कम्पनीहरुलाई मर्जरमा जान घचघच्याइरहेको बेला नेपालको सबैभन्दा पुरानो नेपाल इन्स्योरेन्सले पनि मर्जरका लागि ढोका खुल्ला राखेको छ ।  बि.सं. २००४ साल आश्विन ८ मा स्थापना भएको नेपालको पहिलो बीमा कम्पनी नेपाल ईन्स्योरेन्सले आफ्नो ७०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी बिषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गरेको छ ।

साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पुँजीको ७.५ प्रतिशतले बोनश सेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा आइतबार एयरपोर्ट होटलमा भएको साधारणसभाले को आ.व. २०७४÷७५ कोे वार्षिक प्रतिवेदन पास गरेको छ । यस कम्पनीले ४६ शाखा र २९ सेवा केन्द्र गरी ७६ स्थानबाट निर्जीवन वीमा अन्तर्गत सम्पत्ति बीमा, मोटर, सामुन्द्रिक, इन्जिनियरिङ्ग, हवाई, विविध तथा लघु वीमाअन्तर्गत विभिन्न वीमा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार