काठमाण्डौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ७६औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विशेष कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनायो । ७५ वर्ष अघि नेपाल इन्स्योरेन्स लिमिटेड नेपाल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापना भएको थियो । अहिले यो कम्पनीमा १५ प्रतिशत हिस्सा सहित नेपाल बैंक एउटा मुख्य प्रवद्र्धकको रुपमा रहेको छ । नेको इन्स्योरेन्स र नेपाल इन्स्योरेन्समा दोहोरो लगानी भएपछि पछिल्लो समयमा ग्लोबल आइएमई समूह नेपाल इन्स्योरेन्समा आफ्नो हिस्सा बिक्री गरेर बाहिरिई सकेको छ । विक्रम संवत २००४ मा नेपाल मालचलानी बीमा कम्पनीको नामबाट स्थापित यो कम्पनी २०१६ सालमा नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेडमा परिणत भयो । त्यसपछि २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड नामाकरण गरिएको हो ।