free website hit counter

नेपाल टेलिकमले ल्यायो डाटा रोमिङ प्याक

beemaadmin
२०७६ कार्तिक ३, आईतवार

काठमाडौं । नेपाल टेलिकमले यही कात्तिक १ देखि लागु हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई मित्रराष्ट्र भारत भ्रमणमा जाने एनटीसीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ । डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारका छन् । दैनिक प्याक अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिनेगरी १ सय २५ रुपैयाँमा १०० एमबीको डाटा रोमिङ प्याक उपलब्ध गराइएको छ ।

यसैगरी साप्ताहिक प्याकमा ७ दिनसम्म प्रयोग गर्न सकिने गरी ५ सय ५५ रुपैयाँमा ५०० एमबी डाटा तथा मासिक प्याक अन्तर्गत २८ दिन प्रयोगमा ल्याउन सकिने गरी १ हजार १ सय २५ रुपैयाँमा १ जीबी डाटा उपलब्ध गराइएको छ । डाटा रोमिङ प्याक सुविधा उपभोग गर्नका लागि ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्दछ । प्रिपेड ग्राहकहरुले आफ्नो मोबाइलबाट *1415# डायल गरी वा नेपाल टेलिकम मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिन्छ ।

पोष्टपेड मोबाइल ग्राहकहरुले यो सेवा हालका लागि ग्राहक सेवा केन्द्रबाट सुचारु गर्नु पर्नेछ । खरिद गरेकै समयदेखि उपरोक्त प्याकको मान्यता अवधि गणना हुने भएकाले ग्राहकहरुको सहजताका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएर भारत पुगी त्यहाँका स्थानीय नेटवर्कमा रजिष्टर्ड भइसकेपछि मात्र रोजाइका प्याकहरु नेपाल टेलिकमको एपमार्फत अथवा USSD Code *1415# डायल गरी खरिद गरेमा प्याकको पूर्ण सदुपयोग गर्न सकिने हुन्छ ।

उक्त प्याकहरु नेपाल टेलिकम मोबाइल एप मार्फत तथा *1415# डायल गरी इन्टरनेशनल सर्भिस मेनुभित्र गई प्राप्त निर्देशन बमोजिम खरिद गरी प्रयोगमा ल्याउन सकिन्छ । साथै एसएमएस मार्फत पनि प्याकहरु खरिद गर्न सकिन्छ । दैनिक, साप्ताहिक र मासिक प्याकहरु खरिद गर्न क्रमशः INDRM1D, INDRM7D / INDRM28D लेखी १४१५ मा एसएमएस पठाउनु पर्छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415#  मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np  मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार