free website hit counter

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा जिसी

beemaadmin
२०७८ असार २२, मंगलवार

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको छैठौं विशेष अधिवेशनले अध्यक्षमा राजुबहादुर जिसीलाई दुई वर्षका लागि चयन गरेको छ । उद्घाटन सत्रका प्रमुख अतिथि बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले मन्तव्य राख्दै व्यवस्थापन र युनियन संगसंगै मिलेर बजारको विकासमा लाग्नु पर्ने कुरामा जोड दिए । यस्तै बोर्डका कार्यकारी निर्देशक निरज गिरीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । छैठौं विशेष अधिवेशन मार्फत राजु बहादुर जिसिको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन भएको हो। कार्य समितिको अन्य पदाधिकारीको रुपमा बरिष्ठ उपाध्यक्षमा गौरब बिष्ट, उपाध्यक्षमा बसन्त रसाली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र विनोद महर्जन समेत सर्वसम्मत रुपमा चयन भएका छन् ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार