free website hit counter

नेपाल पुनर्बीमाको सिईओका लागि सात जनाको दाबी

beemaadmin
२०८० फाल्गुन २८, सोमबार

काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि सात जनाले आवेदन दिएका छन् । यसरी आवेदन दिनेमा नेपाल पुनर्बीमा कम्पनमै कार्यरत डेपुटी सिईओ तथा हाल कामु सिईओ दामोदर भण्डारी पनि रहेका छन् । यसैगरी नेपाल बीमा प्राधिकरणमा लामो समय काम गरेका श्रीमान कार्कीले पनि आवेदन दिएका छन् भने बीमा क्षेत्रमै लामो समय काम गरी राष्ट्रिय बीमा कम्पनीबाट राजिनामा दिएर बसेका शेखर बरालले पनि दाबी प्रस्तुत गरेका छन् । गुरास लाइफको सिईओ भएर छोडेका नारायणकुमार भट्टराई पनि आवेदक रहेका छन् । यसैगरी, राष्ट्रिय बीमाको सिईओ हुने लाइनमा अगाडि भए पनि अवसर नपाएका सुरेन्द्र थापा पनि मैदानमा देखिएका छन् । यसैगरी सिइओको लाइनमा नेपाल पुनर्बीमा कम्पनीकै पूर्व सिए उज्ज्वलराज अर्याल र बीमा क्षेत्रमै लामो समय बिताएका बुद्धकाजी श्रेष्ठ पनि मैदानमा देखिएका छन् ।

सम्बन्धित समाचार