free website hit counter

नेपाल पुनर्बीमा कम्पनीको नाफा घट्यो

beemaadmin
२०८१ श्रावण २८, सोमबार

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।प्रकाशित विवरणअनुसार कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म आर्जन गरेको ५९ करोड ६२ लाख रुपैयाँको तुलनामा १३.४९ प्रतिशतले कम हो । समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन पनि घटेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म ५ अर्ब १५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८.५७ प्रतिशतले कम हो । कम्पनीले लगानी तथा कर्जामार्फत १ अर्ब २८ करोड रुपैयाँ र ८ करोड ४ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी ९.०३ प्रतिशतले घट्दै ६ अर्ब ५३ करोडमा सीमित बनेको छ । कम्पनीले यो अवधिसम्म ३ अर्ब ६३ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३ अर्ब ६७ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो । कम्पनीको कुल खर्च पनि ८.७४ प्रतिशतले घटेर ५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको कुल खर्च ६ अर्ब ३५ करोड रुपैयाँ थियो । कम्पनीको महाविपत्ती कोषको आकार २७ करोड ६३ लाख र स्पेशल रिजर्भको आकार ३ अर्ब ९२ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ६१.८६ प्रतिशतले बढ्दै १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस ०४.०३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३३.१२ रुपैयाँ र पिई अनुपात १९२.५५ गुणा कायम भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार