free website hit counter

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

beemaadmin
२०८१ बैशाख ४, मंगलवार

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९–८० का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस्तै सञ्चालक समितिको बैठकले लाभांश स्वीकृतीका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने तथा उक्त प्रस्ताव नेपाल सरकार र नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार