free website hit counter

नेपाल पुनर्बीमा कम्पनी घाटामा

beemaadmin
२०८१ जेष्ठ ९, बुधबार

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमाससम्ममा ४७ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १८ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन पनि घटेको छ । कम्पनीले पहिलो त्रैमाससम्म १ अर्ब २८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५.९५ प्रतिशतले कम हो । कम्पनीले लगानी तथा कर्जामार्फत ४० करोड ९७ लाख र ३ लाख १९ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी पनि १५.८१ प्रतिशतले घट्दै १ अर्ब ७३ करोडमा सीमित बनेको छ । कम्पनीले यो अवधिसम्म १ अर्ब ४३ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७४ करोड ४५ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो । यसरी एक वर्षको अन्तरालमा कम्पनीको दाबी भुक्तानी ९२.३६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको कुल खर्च पनि २३.४२ प्रतिशतले बढेर २ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीको कुल खर्च १ अर्ब ७९ करोड रुपैयाँ थियो । कम्पनीको महाविपत्ती कोषको आकार २६ करोड ७४ लाख र स्पेशल रिजर्भको आकार ३ अर्ब ८३ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ७०.७२ प्रतिशतले घट्दै १९ करोड ६९ लाख रुपैयाँमा सीमित बनेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस ३.७१ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ १३९.१४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२५.८० रुपैयाँ र पिई अनुपात १६६.७४ गुणा कायम भएको छ ।

सम्बन्धित समाचार