free website hit counter

नेपाल बङ्गलादेश बैंकले गर्यो लाभांश प्रस्ताव

beemaadmin
२०७६ कार्तिक १७, आईतवार

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले गत आर्थिक २०७५–०७६ को मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । कार्तिक १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस र कर समेत ७ प्रतिशत नगद लाभांश गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यसअनुसार बैंकले ४० करोड ४४ लाख १४ हजार ९६१ रुपैयाँ बराबरको बोनस र ५६ करोड ६१ लाख ८० हजार ९४५ रुपैयाँ नगद लाभांश गरि कूल ९७ करोड ५ लाख ९५ हजार ९०६ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ।
बैंकले अघिल्लो वर्ष १०.५३ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको गत वर्षको कमाईबाट वितरण गर्ने लाभांश दर भने बढाएको हो ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमएको थियो भने १ अर्ब ३ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो । हाल ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार २२६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपश्चात पूँजी ८ अर्ब ४९ करोड २७ लाख १४ हजार १८७ रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार