free website hit counter

नेपाल बीमक संघको २४औं वार्षिक साधारण सभा सम्पन्न

beemaadmin
२०८२ पुष १३, आईतवार

काठमाडौं । नेपाल बीमक संघको २४औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। सभामा संघका अध्यक्ष वीरेन्द्र बैदबार क्षेत्री लगायत निर्जीवन बीमा कम्पनीका प्रतिनिधि, नियामक निकायका पदाधिकारी तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो । साधारण सभामा संघका वीरेन्द्रले स्वागत मन्तव्यसहित आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रस्तुत प्रतिवेदनमा संघका गतिविधि, बीमा क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरू तथा भावी कार्ययोजनाका बारेमा चर्चा गरिएको थियो । सभाले आर्थिक वर्ष २०८१–८२ को लेखापरीक्षण प्रतिवेदन, आय व्यय विवरण, आगामी कार्ययोजना तथा कार्यक्रमहरू सर्वसम्मत रूपमा पारित गरेको छ । साथै बीमा क्षेत्रको सुदृढीकरण तथा बीमा पहुँच विस्तारका विषयमा निर्णयहरूसमेत गरेको छ ।

सम्बन्धित समाचार