काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिलदेव सुवेदी नियुक्त भएका छन् । कार्य सम्पादन मूल्याकंनमा सबैभन्दा धेरै नम्बर प्राप्त गर्दै सुवेदीले कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । सुवेदीले ७७.१९४ अंक पाएका छन् । कार्यकारी निर्देशकका लागि अन्य दुई निर्देशकहरु कमल रेग्मी र पुजन ढुङ्गेल पनि प्रतिस्पर्धामा थिए । तत्कालीन कार्यकारी निर्देशक राजुरमण पौडेलले अवकाश पाएपछि कार्यकारी निर्देशक पद रिक्त थियो । प्राधिकरणमा सूर्य सिलवाल निलम्बनमा परेसँगै हाल सरकारले मदन दहाललाई उक्त जिम्मेवारी दिएको छ ।