free website hit counter

नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनमा नयाँ कार्यसमिति

beemaadmin
२०८२ भाद्र २२, आईतवार

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन आज सम्पन्न भएको छ । आज सम्पन्न भएको तेस्रो अधिवेशनबाट संगठनका अध्यक्ष दिपक ज्ञवालीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । सो अधिवेशनबाट दोस्रो कार्यकालको लागि पुनः दिपक ज्ञवाली अध्यक्षमा चयन भएका हुन् । प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलको प्रमुख आतिथ्यमा तेस्रो अधिवेशन सम्पन्न भएको हो । तेस्रो अधिवेशनको क्रममा आयोजित कार्यक्रममा बीमा प्राधिकरणमा नयाँ नियुक्ति भएर आउनु भएका कर्मचारीहरूलाई अध्यक्ष ज्ञवाली टीका र खादा लगाएर स्वागत गरेका थिए । नयाँ कार्य समितिमा अध्यक्ष दिपक ज्ञवाली, बरिष्ठ उपाध्यक्ष केशब राज भण्डारी, उपाध्यक्ष सुरेन्द्र चौलागाईं, महासचिव सागर आचार्य, सचिव भुमा कुमारी आचार्य, कोषाध्यक्ष शुष्मा पौडेल चयन भएका छन् । कर्मचारी संगठनको सदस्यहरू अन्जना शर्मा, सचिन राई, जोतिराज जोशी, मान बहादर चौधरी, हरेराम श्रेष्ठ चयन भएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार