free website hit counter

नेपाल बैंकको नाफा घट्यो

beemaadmin
२०७६ माघ १५, बुधबार

काठमाडौं । नेपाल बैंकको नाफा घटेको आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरणमा नेपाल बैंकको खुद नाफा १ अर्ब ३५ करोड रहेको देखिएको छ । यो अघिल्लो वर्षको भन्दा १८.६७ प्रतिशत कम हो । अघिल्लो वर्षको सोही समयमा यो नाफा १ अर्ब ६६ करोड रुपैंया थियो ।

ब्याजदर उच्च रुपमा बढे पनि बैंकको निक्षेपको आकार भने स्थिर छ । अघिल्लो वर्ष ११७ अर्ब २० करोड रहेको निक्षेप यो वर्ष ११७ अर्ब १२ करोडमा सीमित भएको छ । निक्षेप स्थिर रहे पनि बैंकको कर्जाको आकार भने ९२ अर्बबाट बढेर ९८ अर्ब पुगेको छ । कर्जाको आकार उल्लेख्य रुपमा बढेका कारण नेपाल बैंकको यो अवधिको ब्याज आम्दानीमा उल्लेख्य रुपमा बढेको छ । यो अवधिमा बैंकको कुल ब्याज आम्दानी ५ अर्ब ७४ करोड रुपैंया पुगेको छ । अघिल्लो वर्ष यो आकार ५ अर्ब रुपैंया मात्रै थियो । निक्षेपको आकार नबढे पनि ब्याज खर्च १ अर्ब ८३ करोडबाट बढेर २ अर्ब ९९ करोड पुगेको पुगेको छ, यो नै बैंको नाफा घटाउने प्रमुख कारण हो ।

बैंकको पुँजीकोष अनुपात १७.४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात २।६६ प्रतिशत, कस्ट अफ फण्ड ५।१९ प्रतिशत, आधार ब्याजदर ७.८२ प्रतिशत र ब्याजदर अन्तर ४.४४ प्रतिशत छ ।

सम्बन्धित समाचार