free website hit counter

नेपाल बैङ्कको सहायक प्रवन्धकमा को को उत्तीर्ण (नामावलीसहित)

beemaadmin
२०७७ असार १५, सोमबार

काठमाडौँ । लोक सेवा आयोगले लिएको लिखित परीक्षामा नेपाल बैङ्कको सहायक प्रवन्धकको परीक्षामा १४३ जना उत्तीर्ण भएका छन्। आयोगले लिएको लिखित परीक्षामा सहभागी भएका एक हजार दुई सय २७ जना मध्ये उनीहरू उत्तीर्ण भएका हुन्। लोक सेवा आयोगले प्रकाशन गरेको सूचनाअनुसार खुलातर्फ ६९ जना, महिला १९, आदिवासी जनजाति १६, मधेसी १२, दलित ५, अपाङ्ग ३ जना र पिछडिएको क्षेत्रतर्फ २ जनालागि विज्ञापन गरिएकोमा ८५ जना खुलातर्फ उत्तीर्ण भएका छन्। महिलातर्फ ६३ जना, आदिवासी जनजाति ३३ जना, मधेसी १७, दलित १, अपाङ्ग ३ जना र पिछडिएको क्षेत्रतर्फ ३ जना उत्तीर्ण भएका छन्। लिखित परीक्षाफल प्रकाशित गरेको आयोगले अन्तर्वार्ता र अन्य बाँकी कार्यक्रमको लागि सम्बन्धित निकायमा नै सम्पर्क राख्न भनेको छ ।

सूचि हेर्नुहाेस्

Advertisement
Advertisement

Advertisement
Advertisement

सम्बन्धित समाचार