free website hit counter

नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विश्वास

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको टेलिफोन संवादमा नेपालको प्राथमिकताका चार विषय उठाएको बताएका छन् । भारतका प्रधानमन्त्री मोदीले दिएको बधाई सन्देशप्रति प्रतिक्रिया जनाउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नेपाल–भारत सम्बन्धलाई आपसी सम्मान र साझा समृद्धिमा आधारित बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाए । रास्वपाले नेपाली जनताको लोकतान्त्रिक जनादेशलाई मान्यता दिँदै शुभकामना दिएकोमा मोदीप्रति धन्यवाद पनि दिएको उनले बताएका छन् । पार्टीका तर्फबाट सभापति लामिछानेद्वारा जारी प्रतिक्रियामा रास्वपा नेतृत्वको सरकार ‘विकास कूटनीति’लाई प्राथमिकतामा राखेर अघि बढ्ने उल्लेख गरिएको छ । लामिछानेले नेपाल र भारतबीचको सहकार्यलाई अझ उचाइमा पुर्‍याउन कनेक्टिभिटी, सांस्कृतिक पर्यटन, ऊर्जा र व्यापारका क्षेत्रमा साझेदारी विस्तार गरिने जनाइएको छ । यी चार क्षेत्रमार्फत दुवै देशका जनताको समृद्ध भविष्य सुनिश्चित गर्ने लक्ष्य राखिएको रास्वपा सभापति लामिछानेको भनाइ छ। सोमबार रवि र वरिष्ठ नेता बालेन साहसँग भारतीय प्रधानमन्त्री मोदीले फोन संवाद गरेर फागुन २१ मा भएको निर्वाचनमा प्राप्त विशाल जितका लागि बधाई दिएका थिए । मोदीलेटेलिफोन संवादमा दुवै नेतालाई निर्वाचनमा प्राप्त जित तथा रास्वपाको उल्लेखनीय सफलताका लागि बधाई दिँदै नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गरेका थिए। उनले नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको कल्याणका लागि सहकार्य गर्न भारत प्रतिबद्ध रहेको बताए । मोदीले दुवै देशको संयुक्त प्रयासमार्फत् आगामी वर्षहरूमा नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विश्वास पनि व्यक्त गरे। यसअघि फागुन २१ को निर्वाचन सफलतापूर्वक गराएकोमा सरकार र नेपाली जनतालाई उनले बधाई दिएका थिए ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार