free website hit counter

नेपाल–भारत सीमा ठप्प पार्दै सशस्त्र प्रहरी

beemaadmin
२०७६ चैत्र २६, बुधबार

काठमाडौं । खुल्ला सिमानाका कारण नेपाल भारत आवातजावत लकडाउनमा पनि रोकिएको छैन । त्यसकै कारण मानिस आउजाउसँगै कोरोनाको आतंक पनि सीमानामा बढेको छ । सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा क्षेत्रको सुरक्षामा थप कडाइ गर्ने भएको छ । लकडाउनको समयमा भारत हुँदै लुकिछिपी नेपाल प्रवेश गर्ने मानिसका कारण कोरोना भाइसरको जोखिम बढेको भन्दै सशस्त्र प्रहरी बलले सीमा क्षेत्र थपमा कडाइ गर्न लागेको हो । त्यसका लागि सशस्त्र प्रहरी बलले अस्थायी आउट बोर्डर पोस्ट थप्ने तयारी गरेको छ । हाल नेपाल–भारत सीमाको १५ किलोमिटको दूरीमा रहेको सशस्त्रको त्यस्ता पोष्ट ३ देखि ५ किलोमिटरको दूरीमा राख्ने गरेर तयारी भइरहेको बताइएको छ । हाल नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले १ सय ८ वटा बीओपी राखेको छ । सशस्त्र प्रहरी बल मुख्यालयका अनुसार इलाममा, झापाका ७, मोरङका ६, सुनसरीका ९, सप्तरीका ६, सिरहाका ६, धनुषाका ६, महोत्तरीका ६, सर्लाही ६ र रौतहटको ५ स्थानमा बीओपी स्थापना भएको छ । त्यस्तै, बारामा ६ , पर्सामा ९, चितवनमा ३, पूर्वी नवलपरासीमा ३, पश्चिम नवलपरासीमा ३, रुपन्देहीका ४, कपिलवस्तुका ५, दाङका २, बाँकेका ५, बर्दियाका ४, कैलालीका ३ र कञ्चनपुरका ४ ठाउँमा सशस्त्र प्रहरी बलले बीओपी राखेको छ ।
त्यसरी नै लकडाउनमा कडाइ र सीमा नाकाको आवगमनमा पूर्ण रोक लगाउन नेपाल प्रहरीले समेत ३ सय ८ ठाउँमा चेक पोस्ट स्थापना गरेको छ । यसअघि नेपाल(भारत सीमामा प्रहरीको १ सय २२ स्थानमा चेक प्वाइन्ट रोखिएको थियो । ११ चैतदेखि सरकारले लकडाउन गरे पनि भारत सरकारले नेपाल प्रवेश गर्न आउने नेपालीलाई सहज तरिकाले पठाउँदा भारत सीमाबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरूको संख्या उल्लेख्य छ ।

सम्बन्धित समाचार