free website hit counter

नेपाल भ्रमणमा आएका पर्यटकलाई एनसेलको टुरिष्ट सिम

beemaadmin
२०७६ माघ ९, बिहीबार

काठमाडौं । आफ्नो सेवालाई समय सापेक्षा चुस्त दुरुस्त बनाउँदै आएको निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुको सुविधालाई ध्यानमा राख्दै ‘टुरिष्ट सिम’ ल्याएको छ ।

एनसेलले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको यो योजना माघ ८ बाट संचालनमा आएको छ । यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम र डेटा बण्डलिङ्ग गरिएको प्याकहरु लिन सक्छन् ।

नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले कर सहित मात्र रु १०० मा टुरिष्ट सिम सहितको स्टार्टर प्याक  लिन सक्छन् । यो प्याकमा पर्यटकले रु ३० मेन ब्यालेन्स र तीन दिन समयावधि भएको १ जिबी डेटा पाउँछन् ।

यो सिमको विषेशता भनेको यसमा पे यज यु यो रेट लागु हुँदैन र पर्यटनहरुले आफ्नो नेपालको बसाई र सेवाको आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीन देखि तिस दिन सम्म समयसिमा रहेका विभिन्न पाँच कक्बो प्याक मध्ये कुनै एक प्याक लिन सक्छन् ।

कम्बो प्याकहरुमा तीन दिने प्याकको कर सहित रु २९० पर्दछ र यसमा ३० मिनेट अल नेटर्वक भ्वाईस र ३ जिबी डेटा भोल्युम रहेको हुन्छ । ७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाईस रहेको ७ दिने प्याकको कर सहित रु ४९० तोकिएको छ भने कर सहित रु ९८० पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र १४० मिनेट अल नेटवर्क भ्वाईस बण्डल गरिएको प्याक लिन सक्छन् ।

अलि लामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याक वा ३० दिने कम्बो प्याक लिन सक्छन् । २८ दिने प्याक अन्तर्गत पर्यटकले कर सहित रु १,४७० मा २८ जिबी डेटा र २८० मिनेट अल नेटवर्क भ्वाईस सेवा प्राप्त गर्नेछन् । त्यसैगरी ३० दिने प्याक अन्तर्गत कर सहित रु २,८८८ मा ८८ जिबी डेटा र ८८८ मिनेट अल नेटवर्क भ्वाईस सेवा पाउँनेछन् ।

सम्बन्धित समाचार