free website hit counter

नेपाल माइक्रो इन्स्योरेन्सले दियो पहिलो दाबी भुक्तानी

beemaadmin
२०८० माघ ६, शनिबार

काठमाडौं । निर्जीवन लघु बीमा कम्पनी नेपाल माइक्रो इन्स्योरेन्सले पहिलो दाबी भुक्तानी दिएको छ। कम्पनीले मोटर बीमा अन्तर्गत तेश्रो बीमा दाबीवापतको रकम शुक्रबार भुक्तानी दिएको हो । प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले सघन मोटर बीमा अन्तर्गत मोटरसाइकल धनि धनपति आचार्यलाई ७६ हजार ८ सय ४७ रुपैयाँ दाबी भुक्तानीको चेक हस्तान्तरण गरेका हुन् । धनपति आचार्य सवार मोटरसाइकल गत मंसिर २ गते बसुन्धरामा दुर्घटनामा परेको थियो । कम्पनीका अनुसार निर्जीवन बीमा सेवा शुरु भएयताको यो पहिलो दाबी भुक्तानी हो । प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले बीमा दाबीको छिटोछरितो फर्छ्यौटले बीमितमुखी सेवाका लागि प्रतिबद्धतालाई पुष्टी गरेको प्रतिकृया दिए ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार