free website hit counter

नेपाल मेडिकल एक्स्पो हुने

beemaadmin
२०७६ मंसिर २४, मंगलवार

काठमाडौं । स्वास्थ्य सामाग्री, उपकरण तथा रसायन सम्बन्धी चौथो नेपाल मेडिकल एक्स्पो हुने भएको छ । उक्त मेला सन २०१६ देखि नेपाली बजारमा विश्वस्तरिय स्वास्थ्य प्रविधि भित्रयाउने लक्ष्य सहित मेडिकल एक्स्पोको आयोजना गरिएको मेलाका आयोजक भारतीय एस।डी प्रोमोले जनाएको छ ।

यही मङ्सिर २७, २८ र  २९ गते तीन दिन सम्म भृकुटि मण्डपमा चल्ने उक्त मेलाको सह–आयोजकमा रसायन तथा मेडिकल उपकरण आयातकर्ताहरुका छाता सगंढन ९केमशन० रहेको छ । नेपालमा प्रदर्शन हुने एक मात्र वैज्ञानिक मेलाको उप–नामले पहिचान बनाउन सफल हुँदै आएको छ ।

यस एक्स्पोमा मेडिकल,सर्जिकल र डायग्नोस्टिक सहित तीन बिधाका विश्वस्तरिय उपकरण, प्रविधि र प्रयोग हुने रसायन सहितको प्रदर्शन गरिने छ । त्यस्तै अस्पताललाई चाहिने सम्पूर्ण उपकरण तथा शल्यक्रियाका नवीन प्रविधि सहित प्रयोगशाला उपकरणलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । मेलामा कुल दुई सय २० स्टल रहेनछ ।

नेपाली मेडिकल सामाग्री आयातकर्ताहरुको ६० स्टल रहनेछ भने बाँकी भारत,चीन,जापान,जर्मनी,तथा कोरियाका स्वास्थ्य सामाग्री उत्पादकहरूको सहभागीता रहने बताइएको छ ।

– सुब्रत मनु

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार