free website hit counter

नेपाल राष्ट्र बैंकमा जागीर खुल्यो

beemaadmin
२०८२ मंसिर १९, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले जागीर खुलाएको छ । केन्द्रीय बैंकले तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीको सहायकसम्मका सहायक निर्देशकसहित ७७ जनालाई आवेदन खुलाएको हो । राष्ट्र बैंकले सहायक निर्देशक अर्थशास्त्र र व्यवस्थापन पदमा १–१ जना, सहायक निर्देशक पदमा ३९ जना, सहायक निर्देशक लेखा लेखापरीक्षण पदमा १० जना, सहायक निर्देशक वाणिज्य कानून पदमा ४ जना र सहायक पदमा २१ जना नयाँ कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले मंसिर १९ देखि अनलाइनमार्फत दरखास्त फाराम पेश गर्न आव्हान गरेको हो । अनलाइन माध्यममार्फत दरखास्त फाराम पेश गर्दा नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनत शैक्षिक योग्यताको प्रमाणपत्र, सहायक सहायक द्वितीय को हकमा लोक सेवा आयोगबाट पूर्वयोग्यता परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र, तोकिएका अन्य कागजात, प्रमाणपत्र र हाल खिचिएको पासपोर्ट साइजको फोटो संलग्न गर्नुपर्नेछ । राष्ट्र बैंकले सहायक निर्देशक पदको लागि दरखास्त दिने अन्तिम मिति २०८२ पुस १० सम्ममा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । महिला उम्मेदवारको हकमा दरखास्त दिने पुस १० सम्ममा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने बताएको छ । यस्तै, सहायक पदको लागि दरखास्त दिने अन्तिम मिति २०८२ पुस १० सम्ममा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिला उम्मेदवारको हकमा दरखास्त दिने अन्तिम मितिसम्ममा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनु पर्नेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार