free website hit counter

नेपाल रेमिटमा आएको पैसा मुक्तिनाथ रेमिटबाट झिक्न मिल्ने

beemaadmin
२०७६ कार्तिक ३, आईतवार

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच भुक्तानी सम्झौता भएको छ। उक्त सम्झौता बमोजिम नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४००० एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र नेपाल रेमिटका तर्फबाट प्रबन्ध निर्देशक सुमित मित्तलले हस्ताक्षर गरे ।

सम्बन्धित समाचार