free website hit counter

नेपाल र प्रभू इन्स्योरेन्सलाई प्राधिकरणले पुनः सोध्यो स्पष्टिकरण

beemaadmin
२०८० भाद्र ११, सोमबार

काठमाडौं । नियामक निकायको निर्देशन पालना नगरेको भन्दै दुई बीमकलाई नेपाल बीमा प्राधिकरणले स्पष्टीकरण माग गरेको छ । नेपाल बीमा प्राधिकरणले न्यूनत्तम चुक्ता पूँजी पुर्‍याउनका लागि सुस्त देखिएको भन्दै नेपाल इन्स्योरेन्स र प्रभू इन्स्योरेन्सलाई सात दिनभित्र जानकारी पेश गर्न निर्देशन दिएको छ । दुबै बीमकलाई सात दिनभित्र पुनः पूँजी वृद्धि योजना पेश गर्न निर्देशन दिएको र ती कम्पनीबाट भइरहेको प्रयासका सम्बन्धमा जानकारी आएपछि मात्रै के गर्ने भन्नेमा निर्णयमा पुग्ने बताइएको छ ।
नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब ५० करोड रूपैयाँ चुक्ता पूँजी पुर्‍याउन अझै ६८ प्रतिशत अपुग रहेको छ। नेपाल इन्स्योरेन्ससँग हाल १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँ चुक्ता पूँजी कायम छ। यसैगरी प्रभू इन्स्योरेन्सले चुक्ता पूँजी पुरा गर्न अझै ८२ प्रतिशत पूँजी अपुग छ। प्रभू इन्स्योरेन्ससँग हाल जम्मा चुक्ता पूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँ छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार