free website hit counter

नेपाल लाइफका ११ करोड माथि व्यापार गर्ने २६७ अभिकर्ता

beemaadmin
२०७७ चैत्र ८, आईतवार

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफको व्यापार र व्यवसायिक क्षमता चुस्त बनेकै कारण अहिले जीवन बीमा कम्पनीहरुमा नेपाललाईफलाई अग्रणी मानिन्छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका २६७ जना अभिकर्ता एमडीआरटी कल्वमा गएका छन् । कम्पनीका लागि वार्षिक १० लाख अमेरिकी डलर वा वार्षिक ११ करोड रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन गर्ने अभिकर्ताहरु एमडीआरटी क्लवमा जान पाउँछन् ।

कम्पनीमा कार्यरत २३८ जना एमडीआरटी, २० जना कोर्ट अफ दी टेवल र ९ जना टप अफ दी टेवल गरि २६७ जना अभिकर्ताहरु एमडीआरटी २०२१ मा सहभागी हुन योग्य भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ । ती अधिकर्ताहरुले नेपाल लाइफलाई एक वर्षमा करिब ३० अर्ब रुपैयाँ बीमा शुल्क दिलाएका छन् ।

Advertisement
Advertisement

नेपाल लाइफले शुक्रबार एमडीआरटी बन्न सफल अभिकर्ताहरुलाई राजधानीको हायात होलटमा आयोजित एक भव्य समारोहका बीच सम्मान गरेको हो । विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेवलमा सहभागी हुन योग्य भएका आफ्ना अभिकर्ताहरुलाई सम्मान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले समस्यासँग भाग्ने नभई समस्याको सामना गरी डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल गर्ने बताए । प्रमुख कार्यकारी अधिकृत प्रसाईले अझै उत्साहका साथ अगाडि बढि कम्पनीले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरे ।

Advertisement
Advertisement

कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले एमडीआरती जस्ता अन्तराष्ट्रिय संस्थाहरुमा कम्पनीका तर्फबाट अभिकर्ताहरुले सहभागीता जनाउन पाउँदा अन्तराष्ट्रिय जगतमा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने बताए । पेशागत बीमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष तथा बीमक समिति नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफले अभिकर्ताहरुलाई उत्साह र सम्मानको खाँचो महसुस गरी आयोजना गरिएका यस प्रकारका कार्यक्रमले अभिकर्ताहरुमाझ जोस र जागरको उर्जा भरी कम्पनीको उचाइले शिखर चुम्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्द प्रसाद तिवारीले नेपाल लाइफलाई अग्रणी र अब्बल बीमा कम्पनीका रुपमा निरन्तर देख्न चाहने हामी अभिकर्ताहरुले एकजुट भई काधमा काध मिलाई काम गर्नु पर्ने बनाए ।

सम्बन्धित समाचार