free website hit counter

नेपाल लाइफको बीजनेश रिभ्यू मिट सम्पन्न

beemaadmin
२०८० कार्तिक १६, बिहीबार

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले एक दिवसीय बीजनेश रिभ्यू मिट सम्पन्न भएको छ । कार्यक्रममा चालू आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासको व्यापार समिक्षा गर्दै बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो । कार्यक्रममा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले अहिलेको विषम परिस्थितिमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तरुप प्रदान गर्न खटिएका सहयात्रीहरुलाई धन्यवाद दिएका थिए । उनले जीवन बीमा क्षेत्रमा स्थापित ब्रान्ड बोकेको कम्पनीले जीवन बीमा बजारको २७ प्रतिशत बजार हिस्सा ओगट्दै बजारको लिडरको रूपमा कायम राख्न सक्नु आफैंमा गौरवको विषय भएको बताए । यसैगरी प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कर्मचारी तथा अभिकर्ताहरुलाई चालू आवको पहिलो त्रैमासको कार्यसम्पादनको लागि धन्यवाद दिंदै आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डिजिटलाईजेसनको शुरुवात गरिसकेको बताए । उनले निकट भविष्यमा बीमितहरुले कम्पनीबाट प्रदान गरिने सेवाहरु प्राप्त गर्न शाखा धाउन पर्ने अवस्थाको अन्त्य हुने र घरमा बसेर सम्पूर्ण सेवा चुस्त र दुरुस्त तवरले प्राप्त गर्ने बताए । कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार क्याल, नेशनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापक तथा प्रादेशिक प्रमुखहरुको सहभागिता थियो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार