काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनीले नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवा मार्फत भुक्तानी गर्दा आकर्षक क्यास ब्याक सहित आइफोन १२ जित्ने अवसर ल्याएको छ । इसेवाले अनलाइन मार्फत बीमा शुल्क बुझाउन प्रोत्साहन गर्न यो योजना ल्याएको हो । कम्पनीका बीमितहरूले इसेवा मार्फत बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०।३५ प्रतिशत देखि १ हजार सम्मको क्यास ब्याक पाउनेछन् भने हरेक महिना आइफोन १२ जित्न सकिने कम्पनीले बताएको छ ।
यस योजना कार्तिक मसान्तसम्म सञ्चालन हुनेछ । आफ्नो बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ता भित्र शुल्क भुक्तानी गर्नुपर्नेछ । हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख बढि रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेको कम्पनीले जनाएको छ । इसेवाबाट इन्स्योरेन्स कम्पनीको बीमा शुल्क भुक्तानी, शेयर कारोबारको भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज र बसको टिकट, स्कुल कलेज शुल्क भुक्तानी गर्न सकिनेछ ।