free website hit counter

नेपाल लाइफको व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ५० प्रतिशत छुट पाउने म्याद थप

beemaadmin
२०८२ जेष्ठ १४, बुधबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट पाउने म्याद थप गरिएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै छुट पाउने म्याद थप गरिएको जानकारी गराएको हो। अब बीमितले १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखमा आउँदो असार ५ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा विलम्ब शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्। यसअघि कम्पनीले चैत १५ गतेदेखि जेठ १३ गतेसम्म यो छुट सुविधा पाउने व्यवस्था गरेको थियो। यस योजनामा समावेश भएका बीमालेख पुनर्जागरण मितिदेखि १ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ। एकपटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितलाई पूरा बीमा अवधिभर पुनः छुट नदिइने कम्पनीले स्पष्ट पारेको छ। यो छुट सुविधा पाउन बीमालेख १८० दिनभन्दा बढी समय व्यतित भएको हुनुपर्नेछ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार