free website hit counter

नेपाल लाइफको सीईओमा पुनः नियुक्त भए प्रवीण रमण पराजुली

beemaadmin
२०८३ असार १, सोमबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुली पुनः सोही पदमा नियुक्त भएका छन्।

कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको ४१७औँ बैठकले पराजुलीलाई आगामी चार वर्षका लागि पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

पराजुली हाल पनि कम्पनीको सीईओका रूपमा कार्यरत छन्। उनको नेतृत्वमा कम्पनीले जीवन बीमा व्यवसाय विस्तार, सेवा प्रवाह सुधार तथा संस्थागत सुदृढीकरणमा उल्लेखनीय प्रगति हासिल गरेको कम्पनीले जनाएको छ।

Advertisement
Advertisement

सञ्चालक समितिको निर्णयसँगै पराजुलीले आगामी चार वर्षसम्म नेपाल लाइफको नेतृत्व सम्हाल्ने भएका छन्। उनी नेपालको जीवन बीमा क्षेत्रमा लामो अनुभव र व्यवस्थापकीय दक्षताका लागि परिचित छन्।

नेपाल लाइफ देशकै अग्रणी जीवन बीमा कम्पनीमध्ये एक हो, जसले बीमा शुल्क आर्जन, जीवन बीमा कोष तथा बजार उपस्थितिका आधारमा महत्वपूर्ण स्थान ओगट्दै आएको छ।

सम्बन्धित समाचार