free website hit counter

नेपाल लाइफको २५औँ वार्षिक साधारणसभा

beemaadmin
२०८१ माघ २८, सोमबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा पर्साको वीरगन्जस्थित होटल भिष्वामा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८०–८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा १० प्रतिशत बोनस शेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश छन्। बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलबपछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ । सभाले बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ । प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ । सोही सभाले चालु आर्थिक वर्ष २०८१र८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार