free website hit counter

नेपाल लाइफको २५औँ वार्षिक साधारणसभा

beemaadmin
२०८१ माघ २८, सोमबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा पर्साको वीरगन्जस्थित होटल भिष्वामा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८०–८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा १० प्रतिशत बोनस शेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश छन्। बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलबपछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ । सभाले बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ । प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ । सोही सभाले चालु आर्थिक वर्ष २०८१र८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

सम्बन्धित समाचार