free website hit counter

नेपाल लाइफद्वारा १ करोड मृत्यु दावी भुक्तानी

beemaadmin
२०७६ माघ ३, शुक्रबार

मोरङ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मोरङ्गको पथरी शनिश्चरेका टिकाराम श्रेष्ठको परिवारलाई दुर्घटना मृत्युदावी बापत १ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ । २०७६ साल पौष ३ गते उदयपुरमा भएको जिप दुर्घटनामा श्रेष्ठले ज्यान गुमाएका थिए ।
विद्यालय संचालक तथा प्रधानाध्यापक समेत रहेका श्रेष्ठले २०७५ सालमा मात्र बीमा गरेका थिए । श्रेष्ठले जम्मा २ किस्ता मात्र तिरेको भए पनि दुर्घटना मृत्यु लाभ सहितको सेवा लिएबापत सो रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।
बिहीबार एक कार्यक्रको आयोजना गरी नेपाल लाईफ इन्स्योरेन्स कम्पनी उर्लाबारी शाखाका प्रमुख रोशनकुमार यादवले मृतक श्रेष्ठको पत्नी गिता लिम्बू श्रेष्ठलाई दुर्घटना मृत्यु लाभसहित जीवन बीमाको रकम प्रदान गरेका हुन् । पत्नी श्रेष्ठलाई मृत्यु दावी भुक्तानी वापत र १ करोड ६ लाख ५० हजार रुपैंया प्रदान गरिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार