free website hit counter

नेपाल लाइफद्वारा १ करोड ३२ लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७७ माघ ६, मंगलवार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा गराएका बीमितको आश्रित परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । नेपाल लाइफमा जीवन बीमा गराएका सुरेशबहादुर केसीको परिवारलाई १ करोड ३२ लाख ५० हजार मत्यु दाबी भुक्तानी हस्तान्तरण गरिएको हो ।

कोरोनाको कारण मृत्यु भएका केसीका परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनि पोखरा प्रमुख लगायतको टोलीले केसीकी श्रीमतिलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

केसीले नेपाल लाइफ इन्स्योरेन्समा जीवन बीमा गराएका थिए । करीब १ करोडको जीवन बीमा गराएका केसीले ५ किस्ता मात्र बुझाएपछि निधन भएको थियो । श्रीमति केसीले श्रीमानको साथ नपाए पनि बाँच्ने आधार पाएको बताइन् ।

उक्त दाबी वापतको रकम नेपाल लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख पोखराका दशरथ झा, पोखरा शाखा प्रमुख कुशल सिंह थापा र बरिष्ठ अभिकर्ता प्रबिन पोख्रेलले मृतकका परिवारलाई हस्तान्तरणगरेका हुन् । क्षेत्रीय प्रमुख झाले कम्पनिले मृत्यु दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राखेको बताए। त्यस्तै बरिष्ठ अभिकर्ता प्रविन पोख्रेलले छिटो छरितो मृत्युदाबी भुक्तानीका कारण बीमाप्रति आम मानिसको बिश्वास बढेको समेत जानकारी दिए ।

सम्बन्धित समाचार

beemaadmin
२०८१ बैशाख २७, बिहीबार