free website hit counter

नेपाल लाइफले घोषणा गर्यो लाभांश

beemaadmin
२०७९ भाद्र ३१, शुक्रबार

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १५.७८९५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको बिहीबार बसेको बैठकले आव २०७७–७८ सम्मको सञ्चित नाफाबाट हाल कायम गरेको चुक्ता पूँजीको १५.७८९५ प्रतिशतले हुन आउने १ अर्ब २९ करोड ५९ लाख ९४ हजार ७ सय १९ रुपियाँ नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त नगद लाभांशमा ०.७८९५ प्रतिशत बराबरको रकम कर प्रयोजनका लागि हुने जनाइएकाे छ । कम्पनीको हाल कायम चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५ सय ५४ रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृति र कम्पनीको आगामी २२औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।

सम्बन्धित समाचार